शेयर बजार दोहोरो अंकले गिरावट

तु खबर संवाददाता
२०७९ कार्तिक २४, बिहीबार १५:५२

काठमाडौं । आज साताको शेयर कारोकारको अन्त्मि दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले गिरावट आएको छ । बजार आज २३.५२ अंकले ओरालो लागेको हो । योसँगै नेप्से परिसूचक १८९३.७० को विन्दुमा झरेको छ ।

यसअघि बुधबार नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७ विन्दुमा कायम हुन पुगेको थियो । नेप्सेसँगै सबै उपसूचका गिरावट हुँदा कारोबार रकम १ अर्बमा सीमित भएको छ । बिहीबार नेप्सेमा ३१ लाख १४ हजार ६८९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ११ करोड ९४ लाख ६१ हजारको कारोबार भएको छ ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १० करोड २२ लाख ३५ हजारको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ५८ लाख २६ हजार र युनाइटेड मोदी हाइड्रोपावरको ३ करोड ३४ लाख ६६ हजारको कारोबार भएको छ ।