लागूऔषधसहित एक जना पक्राउ
रौतहट । रौतहटबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट चन्द्रनिगाहपुर वडा नम्वर ६ गुम्बाटोल बस्ने ३२ वर्षीय करण राई रहेका छन् ।
उनलाई प्रहरी कार्यालय चन्द्रनिगाहपुर र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले रौतहट चन्द्रपुर नगरपालिका वडा नम्वर ४ स्थितमा संजय होटलबाट पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट लागूऔषध नाईट्रोभेट ६४५ ट्याब्लेट र कोडिबेल सिरप ३८ बोतल बरामद गरेको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही भइरहेको जनाइएको छ ।
