देशभर १२ जना कोरोना संक्रमित थपिए

तु खबर संवाददाता
२०७९ कार्तिक २२, मंगलवार १७:१३
file-photo

काठमाडौं । देशभर १२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १ हजार १५० जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट १० तथा एन्टिजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, सोही अवधिमा १५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।

योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६६ हजार १६ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।