थप २८ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ कार्तिक २०, आईतवार १७:०६
file-photo

काठमाडौं । नेपालमा थप २८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८७९ जनामा गरिएको नमुना परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही समयमा १८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । नेपाललमा हाल कोरोनाका सक्रिय संक्रमित ५७० जना रहेको मन्त्रालयले जनाएको छ ।