कपिलवस्तुमा ७ जुवाडे पक्राउ

तु खबर संवाददाता
२०७९ कार्तिक १९, शनिबार १०:०३
सांकेतिक तस्बिर

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्वर ७ बनगाईको एक होटलमा सञ्चालित जुवा खालबाट प्रहरीले छापा मार्दा ७ जुवाडेलाई पक्राउ गरेको छ । गएराती सवा ११ बजे छापा मार्दा ७ जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय पिपराका प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका सबै उपर अनुसन्धान भइरहेको र नियम अनुसार मुद्धा दर्ता प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

प्रहरीका अनुसार, उक्त खालबाट दुई जना भने फरार रहेका छन् । उनीहरुको खोजीकार्य गर्नुका साथै घटनाको बारेमा आवश्यक अनुसनधान गरिरहेको जनाएको छ ।