बाराही हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । कात्तिक ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा कात्तिक २५ गतेसम्म आवेदन दिन मिल्ने गरी म्याद थप गरिएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।
उक्ते शेयर खरिदका लागि बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिने जनाएको छ ।



