सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा
काठमाडौं । जिल्ला अदालत काठमाडौले सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालको आदेशसँगै उनलाई केन्द्रीय कारागार जगन्नथादेवल पठाइने भएको छ ।
नाबालिग बलात्कार आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश घिमिरेको इजलासले आदेश दिएसँगै केन्द्रीय कार्यालय जगन्नाथदेवल पठाइने भएको छ ।
सन्दीपमाथि गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ । पीडितको पक्षबाट भदौ २१ गते गौशाला प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीको आधार प्रहरीले उनलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।
