दुई किशोरीमाथि सामूहिक बलात्कार, ९ जना पक्राउ

तु खबर संवाददाता
२०७९ कार्तिक १७, बिहीबार १७:३०
सांकेतिक तस्बिर

बुटवल । रुपन्देहीमा २ किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको कञ्चन गाउँपालिका–२ गोफ्लापुरमा १५ र १६ बर्षीया किशोरीलाई बुधबार राति अपहरण गरी बलात्कार गरेको आरोपमा ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सैनामैना नगरपालिका–१० का १८ वर्षका बबि पाण्डे, २६ वर्षीय रामबहादुर बिक, सैनामैना–११ बनकट्टिकी १९ वर्षीय पदम कार्की र गैडहवा गाउँपालिका–८ का १८ वर्षीय राहुल परियारलगायत रहेका छन् ।

प्रहरीका अनुसार, बुधबार गाउँमा लागेको सांस्कृतिक कार्यक्रम हेरेर फर्कने क्रममा ती किशोरीहरुलाई १०÷१२ जनाको समूहले गैडहवा गाउँपालिका–२ कुलीचौरस्थित कञ्चन खोलाको बगरमा सामूहिक बलात्कार गरेका थिए ।

घटनामा संलग्न अन्यको खोजी भइरहेको र पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।