‘थाहा नगरलाई कृषि र पर्यटन शहरको रुपमा विकास गछौं’

तु खबर संवाददाता
२०७९ कार्तिक १७, बिहीबार ०८:०४

मकवानपुर । नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नम्वर २ का प्रतिनिधि सभा उम्मेदवार महेश कुमार बर्तौलाले थाहा नगर थाहानगरपालिकालाई कृषि र पर्यटनको शहरको रुपमा विकास गर्ने बताएका छन् ।

एमालेले बुधबार थाहा नगरमा आयोजना गरेको कार्यकर्ता भेला एवम् निर्वाचन प्रचार–प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । एमाले बागमती प्रदेशका उपसचिव समेत रहनेका उनले थाहाको पहिचान भनेकै कृषि उत्पादन, चिसो हावापानी तथा संस्कृति भएको बताउँदै आफुले बिज्ञहरुसँग सल्लाह गरी पर्यटकलाई थाहामा टिकाउने योजना बनाएर काम गर्ने बताए ।

उनले जिल्लाको थाहा, कैलाश, भीमफेदी र इन्द्रसरोवर जोडेर पर्यटनको करिडर निर्माण गर्नुपर्नेमा जोड दिए । आफुले निर्वाचन जितेपछि यसमा अध्ययन गरेर शिलशिलेवार काम गर्ने र काम गर्दा यसका लागि आवस्यक पर्ने भौतिक पुर्वाधार जस्तै सडक स्तरिकरण, विभिन्न पार्कहरु निर्माण र व्यवस्थापन, होमस्टे संचालन लगायतको क्षेत्रमा काम गर्ने बताए ।