थप ५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । देशभर थप ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६४२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४६ तथा एन्टिजेन विधिबाट १३ जनामा संक्रमण पुष्टि भएको स्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, सोही अवधिमा थप २१ जना संक्रमणमुक्त भएको छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५५३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ हजार ९४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
