डेंगु संक्रमणका कारण पत्रकार अधिकारीको मृत्यु

कास्की । लमजुङमा डेंगु संक्रमणका कारण बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीया पत्रकार चाँदनी अधिकारी रहेका छन् । उनको उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
मृतक अधिकारी प्रेस सेन्टर लमजुङकी सचिव थिइन् । उनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलले पुष्टि गरेका हुन् । मृतक अधिकारी रेडियो भोटे ओडारमा समाचार वाचिकाका रुपमा कार्यरत थिइन् ।