विप्लव नेतृत्वको नेकपाले चुनाव विरोधी कार्यक्रम गर्ने

तु खबर संवाददाता
२०७९ कार्तिक १६, बुधबार ०८:१०
file-photo

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले चुनाव विरोधी कार्यक्रमको आयोजना गर्ने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर सो पार्टीले चुनाव विरोधी प्रचारात्मक कार्यक्रम गर्ने र राज्यले दमन गरेमा उचित प्रतिरोध गर्ने घोषणा गरेको हो ।

सो पार्टीका अनुसार, आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई पार्टीले सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको छ । खारेज अभियानलाई प्रभावकारी बनाउन देशव्यापी रुपमा चुनावको भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस र सभाहरूको व्यापक आयोजना गर्ने नेकपाको निर्णय छ । यसबाहेक जनतालाई चुनावमा भाग नलिन अपिल गर्ने निर्णय समेत गरेको छ ।