मंगलबार उच्च अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनाव नजिकिएसँगै शेयर बजारमा हरियाली छाएको हो ।
आज नेप्से परिसूचक ५६.११ अंकले बढेर १९३० विन्दुमा पुगेको छ । लामो समयअन्तरालपछि नेप्से इन्डेक्स १९ सय विन्दुमाथि उक्लिन पुगेको हो ।
यस्तै, आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३९ लाख ७१ हजार ५९४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २९ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज नेप्सेमा रहेका सबै उपसूचकमा हरियाली छाएको छ ।



