देशभर २० जना कोरोना संक्रमित थपिए
काठमाडौं । देशभर २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ८४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, सोही अवधिमा ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । हाल कोरोनाका ५५२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
