छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति

तु खबर संवाददाता
२०७९ कार्तिक १३, आईतवार ०८:३१
file-photo

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन् ।

राष्ट्रपति भण्डारीले एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएकी हुन् । उनले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना दिएकी छन् ।

साथै जारी विज्ञप्तिमा छठ पर्वले समाजमा विद्यमान जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य गरी न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि सबैलाई प्रेरणा प्रदान होस् भनी शुभकामना व्यक्त गरेकी छन् ।