१५ वर्षीया बालिका बलात्कारको अरोपमा एक जना पक्राउ
वीरगञ्ज । बालिका बलात्कारको आरोपमा प्रहरीले बाराबाट एक जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको परवानीपुर गाउँपालिका–२ मुसहर टोलका २३ वर्षीय आकाश कुमार मण्डल भनिने सनी कुमार मण्डललाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, गत असो २३ गते राति १५ वर्षीया बालिकालाई जर्बजस्ती करणी गरेको भनि परेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । घटना असोज २३ गतेको भएपनि उजुरी भने कात्तिक ८ गते मात्रै परेको थियो । उजुरी परेलगत्तै आकाशलाई पक्राउ गरी घटना बारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पक्राउ परेका आकाश वीरगञ्ज–१४ बहुअरी स्थित स्पर्श मल्टी स्पेसालिटी अस्पतालमा स्वीपरको काम गर्दै आएका थिए । बालिका सोही अस्पतालमा भर्ना भएका आफन्तलाई भेट्न आउने जाने गर्थिन् ।
