हेटौंडाबाट १८ जुवाडे पक्राउ

तु खबर संवाददाता
२०७९ कार्तिक १२, शनिबार १५:५६
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले शुक्रबार राति १८ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडास्थित धुर्ब राईको घरमा जुवा खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

कौडा खेल्ने, च्याखे थाप्ने, हेर्ने १७ जना पुरुष र घरबेटी १ जना पुरुष गरी १८ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनका अनुसार, उनीहरुलाई विशेष सूचनाको आधारमा पुगेको प्रहरी चौकी चौघडाको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट १७ थान कौडा र नगद ३१ हजार ८२० रुपैयाँ बरामद गरेको छ । प्रहरीले पक्राउ परेका उनीहरुको नाम खुलाएको छैन । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।