जसपाको घोषणपत्र छठ सकिएपछि मात्रै सार्वजनिक गरिने

तु खबर संवाददाता
२०७९ कार्तिक ११, शुक्रबार १७:५१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निवार्चनको घोषणापत्र छठ सकिएपछि मात्रै सार्वजनिक गरिने भएको छ । आगामी निर्वाचनलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ ।

जसपाका प्रवक्ता मनिस सुमनका अनुसार, निर्वाचनका लागि संघीयता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्रलगायतका मूलभूत विषयमा घोषणपत्र तयार गरेको छ । जसपाले सबै मित्रराष्ट्रसँग समान सम्बन्ध रहने अवधारणा घोषणापत्रमा समेटेको छ ।

कृषिको आधुनिकीकरण गरी आन्मनिर्भर उत्पादनलाई प्राथमिकता दिइनेउनले बताए । उनका अनुसार, जसपाले समतामूलक समाजको निर्माणसँगै समानता, स्वतन्त्रता, भाइचारा, सामाजिक न्याय तथा भ्रातृत्वको उच्चतम् अभ्यास गर्दै संघीयता, समावेशी एवं सहभागितामूलक लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व र समतामूलक समाज निर्माण गर्ने लक्ष्य लिएको छ ।