गोली प्रहार गरी घाइते बनाएको आरोपमा चार जना पक्राउ

तु खबर संवाददाता
२०७९ कार्तिक ३, बिहीबार १७:४३
सांकेतिक तस्बिर

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानी घर भई सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत ३० वर्षीय साजन कार्कीलाई गोली प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले गएराति चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनकौला गाउँपालिका–१ बस्ने ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र शहनी, भारत बिहार तरयानी छप्रा–८ बस्ने १९ वर्षीय रेहान भन्ने आलोक सिंह, भारत बिहार सुलतानपुर–१० बस्ने १९ वर्षीय सौरभ कुमार यादव र भारत बिहार हराज–१२ बस्ने १९ वर्षीय गुलसन कुमार सिंह रहेका छन् ।

बागमती नगरपालिका–१ स्थित सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत उनलाई बुधबार दिउँसो गोली प्रहार गरी घाइते बनाएको घटनाको थप अनुसन्धानको क्रममा प्रहरीले घटनामा संलग्न उनीहरुलाई बलरा नगरपालिका–३ लक्ष्मीपुरबाट र धिरेन्द्रलाई धनकौल गाउँपालिका–१ बाट पक्राउ गरेको हो ।

साथै घटनास्थलबाट प्रहरीले गोलीको खोका ४ थान र फायर भएको बुलेट ४ थान बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।