सन्दीपमाथि अनुसन्धानका लागि फेरी म्याद थप्ने तयारी
काठमाडौं । बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि फेरी पनि म्याद थपको तयारी गरेको छ । त्यसको लागि उनलाई आज जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ ।
सन्दिपमाथि अनुसन्धानको लागि तेस्रो पटक म्याद थपको तयारी गरेको हो । गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि असोज २४ र २७ मा अनुसन्धानका लागि म्याद थप गरिएको थियो ।
उनीमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरी परेसँगै क्याप्टेनबाट निलम्बित भएका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।
ती किशोरीले काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।
