लागूऔषधसहित युवक पक्राउ

तु खबर संवाददाता
२०७९ कार्तिक १, मंगलवार १७:२३
सांकेतिक तस्बिर

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएका २५ वर्षीय सन्देश धिताल रहेका छन् ।

धिताललाई ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको टोलीले ४४ एम्पुल नुर्फिन, ४४ एम्पुल डाइजेपाम र ४४ एम्पुल फेनारगनसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार, वीरगञ्जबाट लमजुङ आउँदै गरेको ना ६ ख ९०९७ नम्वरको बसमा सवार उनको साथबाट उक्त परिमाणको लागूऔषध बरनमद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई तनहुँ जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।