विभिन्न ७ आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

तु खबर संवाददाता
२०७९ आश्विन ३१, सोमबार १७:३५
फाइल तस्बिर

काठमाडौं । विभिन्न ७ आयोगलेराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेका छन् । नेपालको संविधानको धारा २९४ बमोजिम आयोगहरूले राष्ट्रपतिसमक्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदन पेश गर्नेहरुमा क्रमशः मधेसी आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय महिला आयोग र मुस्लिम आयोग रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।