थप ४६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २८७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, सोही समयमा कोरोना संक्रमणबाट १७ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । नेपालमा हाल कोरोनाका ७११ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
