सोमबार शेयर बजारमा सामान्य गिरावट

तु खबर संवाददाता
२०७९ आश्विन ३१, सोमबार १६:२५

काठमाडौं । साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ९ अंकले घटेको नेप्से परिसूचक आज २ अंकले घटेर १८५८ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता शेयर किनबेच हुँदा ५१ करोड ५८ लाख रुपैयाँमाथिको कारोबा भएको छ । त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज निर्जिवन बीमा, म्युचुअल फण्ड, बैकिङ्ग, ब्यापार, होटल तथा पर्यटन र अन्य समूह बढेको छ भने बाँकी अन्य सूचक सबै राताम्य रहेका छन् ।