चाँदीका गरगहनासहित एक जना मकवानपुर प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट विभिन्न प्रकारका चाँदीका गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं. १४ बाट करिब २० किलो चाँदीका गरगहनासहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका वडा नम्वर १६ बस्ने ४४ वर्षीय लालबाबु साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । डाईभरडाडाबाट प्रदेश २–०३–०१८ प ८२४८ को मोटरसाइकलमा हेटौंडा बजारतर्फ आउँदै गरेका साहलाई चेकजाँच गर्दा १९ किलो ८४५ ग्राम चाँदीबाट बनेको अवैध गरगहनाहरु बरामद भएपछि पक्राउ गरिएको जनाएको छ ।
उक्त अबैध चांँदीका गरगहना, मोटरसाइकल र साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।
