आज नेप्से ९ अंकले घट्यो

तु खबर संवाददाता
२०७९ आश्विन ३०, आईतवार १५:५९

काठमाडौं । आज साताको पहिलो अर्थात आइतबार शेयर बजारमा सामान्य गिरावट आएको छ । गत साताको अन्तिम दुईदिन हरियाली छाएको नेप्से परिसूचक आज फेरी घटेको हो । नेप्से परिसूचक आज ९.६९ अंकले घटेर १८६० को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको २५ लाख ७४ हजार ७८५ कित्ता शेयर किनबेच हुँदा ८० करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ्ग समूहको ०.२५ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको ०.२८ प्रतिशतले बढेको छ भने बाँकी सबै सूचक राताम्य रहेका छन् । सर्वाधिक लगानी समूह १.६८ प्रतिशतले घटेको छ ।