थप ५२ जनामा कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । सो अवधिमा १ हजार ७६३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सो अवधिमा ७४५ जनाको पीसीआर गर्दा ४५ जना र १ हजार १८ जनाको एन्टिजेन गर्दा ७ जनामा संक्रमण संक्रमण पुष्टि भएको हो । योसँगै देशभर ६६७ जनामा सक्रिय संक्रमित छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा १६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।
