लागूऔषधसहित भरतपुरबाट चार पक्राउ

तु खबर संवाददाता
२०७९ आश्विन २९, शनिबार ०९:३९
सांकेतिक तस्बिर

चितवन । प्रहरीले चितवनको भरतपुरबाट विभिन्न लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । शुक्रबार भरतपुर बसपार्कचोकबाट अवैध लागूऔषध र भारतीय कारसहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा भारतको बिहारका ३८ वर्षीय सुनिल कुमार, १९ वर्षीय विकास कुमार, ५० वर्षीय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका–१९ का ३५ वर्षीया प्रतिमा मण्डल रहेका छन् ।

प्रहरीका अनुसार, उनीहरूलाई एक हजार एम्पुल डाइजेपाम, एक हजार एम्पुल व्युप्रिनर्फिन, फेनारगन एक हजार एम्पुल र १४० मिलीग्राम खैरो हेरोइनसहित क्राउ गरिएको हो ।

साथै प्रहरीले उनीहरुको साथबाट मोबाइल चार थान, डिएल सात सिएम १५७६ नंको भारतीय कारसमेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।