थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ आश्विन २८, शुक्रबार १६:५१
file-photo

काठमाडौं । नेपालमा थप ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ६९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही समयमा २६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । हाल नेपालमा ६३८ जना कोरोनाका संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।