थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ आश्विन २५, मंगलवार १७:३३
file-photo

काठमाडौं । देशभर ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २२२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही अवधिमा २९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । मन्त्रालयका अनुसार, हाल देशभर ५७५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।