बालिका बलात्कारको आरोपमा युवक पक्राउ

भक्तपुर । भक्तपुरमा ११ वर्षकी बालिका जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–१३ घर भई काठमाडौं बौद्ध बस्ने ३५ वर्षका रामबहादुर सुनार रहेको प्रहरीले जनाएको छ ।
सोमबार राति सूर्यबिनायक नगरपालिका–२ मा बालिकाको डेरामा पुगी जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले सुनारलाई पक्राउ गरेको हो । नुवाकोट नै घर भएकी बालिका आफ्ना अभिभावकसँग बालकोटमा डेरमा बस्दै आएकी थिइन् । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।