प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध उजुरी दर्ता

तु खबर संवाददाता
२०७९ आश्विन २४, सोमबार १७:५१
file-photo

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

आइतबार डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको लागि मनोनय दर्ता गराएका देउवाको नागरिकताको जन्म मिति र मतदाता परिचयपत्रमा जन्ममिति फरक–फरक भएपछि उजुरी परेको हो ।

उनीविरुद्ध डडेल्धुरामा कांग्रेस वीपीबाट उम्मेदवार बनेका कर्णबहादुर मल्लले उजुरी दर्ता गरेको जानकारी दिए ।