२७ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ आश्विन २४, सोमबार १७:२०

काठमाडौं । आज साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन एकाएक ४४ अंकले बढेको शेयर बजार आज २७ अंकले घटेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता शेयर किनबेच हुँदा ९७ करोड १७ लाख ६७ हजार रुपैयाँ माथिको कारोबार भँँएको छ ।

त्यस्तै, आइतबार सबै सूचक बृद्धि भई हरियाली छाएकोमा आज म्युचुअल फण्ड समूह बाहेकका सबै सूचक राताम्य छन् ।