थप २७ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७९ आश्विन २४, सोमबार १७:१४
file-photo

काठमाडौं । देशभर थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५४६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट २५ तथा एन्टिजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा थप २६ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छनै ।

योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५६९ पुगेको छ । नेपालमा हालसम्म कोरोना महामारीमा १२ हजार १८ जनाको निधन भएको छ ।