प्रधानमन्त्रीले पत्नी आरजुमार्फत गराए उम्मेदवारी दर्ता

तु खबर संवाददाता
२०७९ आश्विन २३, आईतवार १६:१५

डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी पत्नी आरजु राणामार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

आरजु, जिल्ला सभापति भीबबहादुर साउदलगायतका नेताले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएका हुन् । प्रदेशसभा ‘ख’ मा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले मनोनयन दर्ता गराएका छन् ।