मकवानपुरमा एमालेले गरायो उम्मेदवारी दर्ता
मकवानपुर । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा नेकपा एमालेका महेश बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन् ।
नम्वर २ कै प्रदेश सभातर्फ (क) मा विष्णु ढकाल र (ख) मा लालबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेश सभा (क) मा कमल बिष्ट, १ (ख) मा एकलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा भने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले एमालेको तर्फबाट सुर्य चिन्हबाटै चुनाव लड्ने गरी उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेका ५ जना पार्टीका नेता तथा कार्यकर्ताको साथमा उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए भने थापाले सुुटुक्क उम्मेदवारी दिएका हु्न् ।
