खोला तर्ने क्रममा १ जना बेपत्ता

तु खबर संवाददाता
२०७९ आश्विन २१, शुक्रबार १७:०३
File Photo

दैलेख । दैलेखको आठबीस नगरपालिका–१ मा पर्ने चिने खोला तर्ने क्रममा १ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ बस्ने बर्ष ३२ को गम दमाई रहेका छन् ।

उनी घरदेखि रामाघाट बजार बजार जाने क्रममा वेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । खोलाले बगाई बेपत्ता भएको भनि स्थानीयले टेलिफोन मार्फत प्रहरीलाई जानकारी गराएका थिए । अहिले प्रहरीसहित स्थानीयहरुको सहयोगमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।