बिहीबार १६ अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ आश्विन १३, बिहीबार १६:२५

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात् दशैं विदाको कारोबारको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३ विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २२३ कम्पनीको १७ लाख ९१ हजार ४८० कित्ता शेयर किनबेच हुँदा ६३ करोड २४ लाख ७ हजार रुपैयाँको मात्रै कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज लाइफ इन्स्योरेन्स सूचक बाहेक सबै सूचकमा हरियाली छाएको छ । आज जीवन बीमा सूचक ०.०६ प्रतिशत अर्थात् ५ रुपैयाँ ६१ पैसाले घटेको छ भने सर्वाधिक माइक्रोफाइनान्स सूचकको १.६५ प्रीतशत अर्थात् ६८ रुपैयाँ १३ पैसाले बढेको छ ।