थप ३८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन १२, बुधबार १७:१४
file-photo

काठमाडौं । नेपालमा थप ३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ८१८ जनामा गरिएको नमुना परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही अवधिमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ भने ५२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार १२२ जना रहेका छन् ।