मकवानपुरसहित १६ जिल्लाका मुख्य निर्वाचन अधिकृतलाई प्रशिक्षण दिइने

तु खबर संवाददाता
२०७९ आश्विन ११, मंगलवार १६:४६

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन प्रकृया संचालनअन्त्गत भोलि असोज १२ गतेबाट चितवनको भरतपुरमा मुख्य निर्वाचन अधिकृतलाई तालिम तालिम दिइने भएको छ ।

प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार, बागमती प्रदेशको मकवानपुर, सिन्धुली र चितवन जिल्ला, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका गरी १६ वटा विभिन्न जिल्लाका निर्वाचन अधिकृतलाई तालिम दिइने भएको हो । केन्द्रीय निर्वाचन आयोगको आयोजनामा हुने उक्त प्रशिक्षण तीन दिनसमम संचालन हुनेछ ।

तालिममा निर्वाचन प्रकृयाको लागि मतदान प्रकाशन, मत पेटिकालाई शिलबन्दी गर्ने, मतदाता नामावली रुजु गरी मतदान कार्य सुरु गर्ने, मतदानको क्रममा वादविवाद भई स्थगित भएमा सुरक्षा निकाय र राजनीतिक दलहरुको सहयोगमा निर्वाचन कार्यलायृ सुरुचारु गर्ने, मतदान कार्य समपन्न भई विभिन्न प्रतिनिधिहरुको रोहबरमा सिलबन्दी गरेर मुख्उ निर्वाचनको विषयमा प्रशिक्षण दिने जनाइएको छ ।

यसैगरी, मकवानपुरमा असोज १७ र १८ गतेभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयहरुको स्थानापन गर्ने तयारी भइरहेको मकवानपुरका निमित प्रजिअ गुणराज न्यौनलेले वजानकारी दिए ।