कर्तव्य ज्यान सम्बन्धि कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

तु खबर संवाददाता
२०७९ आश्विन ९, आईतवार १५:५१
सांकेतिक तस्बिर

बर्दिया । बर्दियाबाट कर्तव्य ज्यान सम्बन्धि कसुर मुद्दाका फरार प्रतिवादीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गेरूवा गाउँपालिका–४ जोधिपुर बस्ने ३७ वर्षीय श्याम बिसी भन्ने टिकाराम बुढा क्षेत्री रहेका छन् ।

उनलाई ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । क्षेत्री कर्तव्य ज्यान सम्बन्धि कसूर मुद्दामा २०६२ साउन १६ गतेदेखि फरार रहेका थिए । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।