कांग्रेस बागमती प्रदेशको घोषणापत्र तयारी समिति गठन
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेश घोषणापत्र तयारी समिति गठन गरेको छ ।
कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले पार्टी विधानको व्यवस्था बमोजिम आसन्न निर्वाचनका लागि प्रदेश कार्यसमितिका महामन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय घोषणापत्र तयारी समिति गठन गगरिएको हो ।
समितिको सदस्यहरुमा क्रमशः सह–महामन्त्रीहरु ऋषिराम घिमिरे, जीवन डंगोल, हरिशरण श्रेष्ठ र मूख्यसचिव राजु नेपाल रहेका छन् । सभापति बानियाँले घोषणापत्र तयारी समिति संयोजक बादेलाई आवश्यकता अनुसार समितिमा सदस्य थपेर तत्काल घोषणापत्र तयारीको काम अघि थाल्न निर्देशन दिएको मूख्यसचिव नेपालले जानकारी दिए ।
समितिले विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरी यही सातादेखि घोषणापत्र निर्माणको काम थालनी गर्नेसमेत संयोजक बादेले जानकारी दिए ।
