थप ७४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन ८, शनिबार १५:३८
file-photo

काठमाडौं । देशभर थप ७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १२६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट २९ तथा एन्टिजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, सो अवधिमा थप ११६ जना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २८३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ जना सङ्क्रमितको मृत्यु पनि भएको छ । नेपालमा कोभिड–१९ को महामारीमा १२ हजार १७ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।