थपिए ७६ जना कोरोना संक्रमित, भए ८७ जना संक्रमणमुक्त
काठमाडौं । देशभर थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६९ जनाको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ८३० जनाको पीसीआर परीक्षण गर्दा ५३ जना र २ हजार २३९ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ३७१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८७ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।
