लागूऔषधसहित मकवानपुरका एक किशोर पक्राउ

तु खबर संवाददाता
२०७९ आश्विन ६, बिहीबार १७:४८
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका–६ लोथरबाट लागूऔषध अफिम १ किलो ८ सय ग्रामसहित राक्सिराङ गाउँपालिका–४ बस्ने १७ वर्षीय किशोरलाई बुधबार साँझ पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको अफिम बरामद गरेपछि निजलाई पक्राउ गरिएको हो ।

यस्ते, प्रहरीले हेटौंडा उपमहानगरपालिका–११ पुन्यक्षेत्रबाट गएराति लागूऔषध गाँजा ८० किलो बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना.८ ख २५४२ नम्वरको गाडी चेकजाँच गर्न खोज्दा प्रहरीलाई देखी चालक गाडी छोडेर फरार भएपछि गाडीमा रहेको उक्त गाँजा बरामद गरिएको हो । हाल फरार रहेका गाडी चालकको प्रहरीले खोजीकार्य गर्नुका साथै दुबै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।