नक्कली नोटसहित भोगान्द पक्राउ

तु खबर संवाददाता
२०७९ आश्विन ४, मंगलवार १७:४०
सांकेतिक तस्बिर

काठमाडौं । ७३ थान हजारको नक्कली नोटसहित प्रहरीले जनाएका लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी देवानगन्ज गाउँपालिका–६ बस्ने २६ वर्षीय भोगान्द मेहेता रहेका छन् । उनलाई मंगलबार दिउँसो चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार, काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ९७५६ नम्वरको बसमा सवार उनले ज्याकेटको खल्तीमा लुकाएर ल्याएको अवस्थमा नोट बरामद भएपछि उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।