बागमतीमा मानव अधिकार उल्लंघनका ३३ घटना
मकवानपुर । बागमती प्रदेशमा एक वर्षको अवधिमा ३३ वटा मानव अधिकार उल्लंघनका घटनाहरू भएका छन् । राष्ट्रिय मानव अधिकार आयोगका अनुसार, प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ मा ३३ वटा मानव अधिकार उल्लंघनका घटना भएको हो ।
आयोगको प्रतिवेदन अनुसार त्यसमध्ये नागरिक तथा राजनीतिक अधिकार ऊल्लंघनका १७, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका ७, यातना तथा क्रुर अमानवीय व्यवहारविरुद्धको अधिकारका १, बालअधिकारसम्बन्धी २, महिलाविरुद्धको १, आप्रवासी कामदारहरुको अधिकारसम्बन्धी २, जातीय भेदभाव १ र अपाङ्गता भएकाको अधिकारसम्बन्धी १ वटा घटना भएका छन् ।
त्यसमध्ये काठमाडौंमा मात्रै ८ उजुरी छन् भने सबैभन्दा कम रामेछापबाट एउटा मात्रै उजुरी परेको छ । भक्तपुर, सिन्धुली, रसुवा र मकवानपुरबाट कुनै पनि उजुरी परेको छैन ।
