क्षतविक्षत अवस्थामा बालकको शव फेला

तु खबर संवाददाता
२०७९ आश्विन ४, मंगलवार ०९:११
file photo

रुकुम । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको शव क्षतविक्षत अवस्थामा फेला परेको छ ।

जिल्लाको गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव घर नजिकैको मकै बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । प्रहरीका अनुसार, विजयकी आमा मकै बारीमा गएका बेला शव देखेकी थिइन् ।

बालकको शव बायाँ खुट्टा छुट्टिएको र आन्द्रा भुँडीलगायत अङ्ग नभएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार बालक गत भदौ ३१ गतेदेखि बेपत्ता भएका थिए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।