देशभर ९१ जना कोरोना संक्रमित थपिए
काठमाडौं । देशभर थप ९१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९२४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा १६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने संक्रमणका कारढा कुनै पनि व्यक्तिको निधन भएको छैन । हाल नेपालमा एक हजार ७४० जना संक्रिय संक्रमित रहेका छन् ।
