बकैया जेसीजको आयोजनामा सप्ताहव्यापी कार्यक्रम

तु खबर संवाददाता
२०७९ आश्विन ३, सोमबार १६:३९

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा आजबाट सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । प्रस्तावित बकैया जेसीजको आयोजनामा सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो ।

सप्ताहव्यापी कार्यक्रमअन्तरगत आज बकैया–४ जुरेलीस्थित शक्तेश्वर महादेब मन्दिर सरसफाई तथा अन्तर जेसीज बक्तृत्वकला कार्यक्रम सम्पन्न गरिएको छ । विक्रम खत्रीको संयोजकत्वमा भएको सरसफाई कार्यक्रममा जेसीजका सदस्य तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

यस्तै, आज नै जेसीजको आयोजनामा ‘प्रभावको लागि कार्य’ विषयक अन्तर जेसीज वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । जितेन्द्र दाहालको संयोजकत्वमा भएको कार्यक्रममा सरोज ढुंगेलले प्रथम स्थान हाँसिल गर्न सफल भएका छन् ।

वक्तृत्वकलामा सुशिल घिमिरे द्वितिय तथा शौभाग्य दुतराज तृतिय भएका छन् । कार्यक्रम प्रस्तावित बकैया जेसीजका अध्यक्ष रमेश फुँयालको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा जेसीजका कार्यकारी उपाध्यक्ष अमोद बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम अन्र्तगत आजै साँझ संविधान दिवसको अवसर पारेर महेन्द्र मावि छतिवनको प्राङ्गणमा दिप प्रज्वलन कार्यक्रम तय भएको उपाध्यक्ष जितेन्द्र दाहालले बताए ।